२०८० चैत्र १६ , शुक्रवार

घट्यो सुनको भाउ, चाँदीको स्थिर

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको छ।

यो सँगै प्रतितोला फाइन गोल्ड ९४ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ९०० रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९४ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार रुपैयाँमा किनबेच भएको थियो।

 

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार १५५ रुपैयाँ नै कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो।