२०८१ बैशाख १३ , बिहिवार

राष्ट्रिय सभाको बैठक आज बस्दै

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय सभाको बैठक आज (सोमबार) बिहान ११ बजे बस्ने भएकाे छ । राष्ट्रिय सभाको १२ औं अधिवेशनको ४० औं बैठक बस्न लागेको हो ।

 

सोमबारको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ लाई सभा समक्ष टेबल गर्नुहुने भएकाे छ ।

सचिव फुयालले नै राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएका ‘नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी सभासमक्ष गराउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।