२०८१ बैशाख ११ , मंगलबार

देशभर आंशिकदेखि सामान्य बदली, हल्कादेखि मध्यम वर्षाको सम्भावना

सुनाखरी न्युज/ काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही दक्षिणतिर अवस्थित रहेको छ।

 

आज (सोमबार) बिहान देशभर सामान्यदेखि पूर्ण रुपमा बदली रही लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। त्यस्तै, पहाडी भू-भाग र अन्य भू-भागका केही स्थानमा मेघगर्जन रचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

सोमबार राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। त्यस्तै, देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश-१ र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।