२०८० चैत्र १५ , बिहिवार

गरिमाविकास बैंकको मोबाईल बैकिङ्ग स्तरोन्नतिभई ‘डिजि बटुवा’

सुनाखरी न्युज/ काठमाडौं । गरिमा विकास बैंकले आजको डिजिटल युगमा प्रविधिको विकास र ग्राहकको आवश्यकता लाई मध्यनजर गर्दै थप सेवा सुविधा सहित पुरानो मोबाईल बैकिङ्गएपलाई नयाँ ओम्नी च्यानल डिजिटलमा स्तरोन्नति गरेको छ ।

 

यससँगै, अबयस विकास बैंकको मोबाईल बैकिङ्गएपको नाम ‘गरिमा स्मार्ट’बाट परिवर्तन भई ‘डिजि बटुवा’ भएको छ ।‘डिजि बटुवा’ अन्तर्गत यस विकास बैंकका ग्राहकहरुले ‘एपमापनि, अनि वेबमा पनि’एउटै युजरनेम र पासवर्ड प्रयोग गरिविभिन्न सुविधाहरु जसअन्तर्गत सजिलै पैसा ट्रान्सफर, विभिन्नबिलभुक्तानीहरु (जस्तैः विजुलीको विल, टेलिफोनको विल, ईन्टरनेटको विल, ट्राफिक चिट आदि), मोबाईल टप–अप, बैंक ईस्टेटमेन्ट, चेक ईस्टेटमेन्ट रिक्वेस्ट, क्यु.आर. पेमेन्ट ईत्यादिको सजिलै प्रयोग गर्न सक्नेछन् ।साथै,स्तरोन्नतीपश्चात यस विकास बैंकको मोबाईल बैकिङ्गएप‘डिजि बटुवा’ अझ बढि सुरक्षितएवं ग्राहकमैत्रीभएको छ ।

यस विकास बैंकका ग्राहकहरुले सजिलै प्लेस्टोर तथा एपस्टोरबाट यो एप डाउनलोड गरि प्रयोग गर्नसक्नुहुनेछ । यस विकास बैंकले ग्राहक मैत्री प्रविधिहरु भित्राउने क्रममा पछिल्लो वर्ष पनिविना चेकबुक शाखाबाट मोबाईल बैकिङ्गमार्फत पैसा निकाल्नमिल्ने गरिमा स्मार्ट टेलर लिएर आएको थियो । हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखाकार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैकिङ्ग सेवा दिदै आईरहेको छ ।