२०८० चैत्र १५ , बिहिवार

मोबाईलमा ब्ल्याकमेलिङको म्यासेज पठाउने युवा युवती प्रहरी नियन्त्रणमा

सुनाखरी न्युज / सर्वसाधारणलाई ब्ल्याकमेलीङ गरेको आरोपमा प्रहरीले जानकीनगरबाट भारतीयसहित प्रहरीले १५० भन्दा बढी युवायुवती नियन्त्रणमा लिएको छ ।

४ तल्लाको घरमा ३ वटा फ्ल्याट भाडामा लिएर करिब ३ सय कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्यापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएकाले उनीहरूलाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षकले जानकारी दिए ।

उक्त कार्यालयबाट सर्वसाधारणको मोबाईलमा ह्वाट्सप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्‍यो भन्दै ठगी गर्ने गरेको पाइएको छ अनुसन्धान भइरहेको भन्दै प्रहरीले थप जानकारी केही बेरमा सार्वजनिक गर्ने भएको छ ।