२०८० चैत्र १५ , बिहिवार

मरेका लामखुट्टेको सुराकबाट चोर पक्राउ

सुनाखरी न्युज / प्रहरीले चोरलाई पक्राउ गर्न अनेक उपाय निकाल्छन् । यस्तै उपाय निकाल्ने क्रममा मरेका २ लामखुट्टेको सुराकबाट चोरलाई पक्राउ गरिएको छ ।

चीनमा भएको चोरीको घटनामा घरको भित्तामा मारेर टाँसिएका २ लामखुट्टेको रगतको नमूना संकलन गरेर चोरसम्म पुगिएको हो । पुलिसले त्यो रगतको नमूनाबाट चोरको डीएनए पत्ता लगाएको थियो ।

यसरी अनुसन्धान गर्दा चोरी भएको १९ दिनपछि चोर पक्राउ परेको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार लामखुट्टेले चोरको रगत चुसेको थियो, त्यसपछि चोरले लामखुट्टेलाई मारेको थियो । जसका आधारमा प्रहरीले अनुसन्धानलाई निष्कर्षमा पुर्‍याएको छ ।