२०८१ बैशाख १३ , बिहिवार

आइतबार सुनको भाउ बढ्दा, चाँदीको घट्यो

सुनाखरी न्युज/ काठमाडौं । सुनको भाउ आइतबार बढ्दा चाँदीमा भने गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो । यस अवधिमा चाँदीको भाउ भने तोलामा १० रुपैयाँले सस्तिएको छ ।

 

महासंघले सार्वजनिक गरेको विवरण अनुसार आइतबार छापावाल सुनको मुल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै तेजावी सुनको भाउ प्रतितोला ९४ हजार ५०० रुपैयाँ तोकिएको छ । बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला १ हजार रुपैयाँले बढेर छापावाला ९४ हजार रुपैयाँ र तेजावी सुन ९३ हजार ५०० रुपैयाँ तोलामा कारोबार भएको थियो ।

 

त्यस्तै आज चाँदीको मुल्य अघिल्लो कारोबार मुल्यको तुलनामा प्रतितोला १० रुपैयाँले घटेर आइतबार १ हजार १५५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । शुक्रबार चाँदी तोलाको १० रुपैयाँ बढेर १ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।