२०८१ बैशाख ७ , शुक्रवार

सानिमा बैंक र नेपाल प्रहरी अस्पताल बीच विपन्न महिलाको उपचारको लागी आर्थिक सहयोग गर्ने सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । सानिमा बैंक र नेपाल प्रहरी अस्पताल महाराजगंज बीच न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागिवार्षिक चार लाख अस्सी हजारसहयोग उपलब्ध गराउनेछ । सानिमा बैंकले प्रत्येक “नारी बचत खाता”बापत बैंकको तर्फबाट मासिक रु. १को दरले नारी सामाजिककोषमा रकम जम्मा गर्दै आएको छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले नेपाल प्रहरी अस्पताल सँग यो सम्झौता गरेको हो।

 

नेपाल प्रहरी अस्पतालमा आयोजित कार्यक्रममा उक्त सम्झौता पत्रमा नेपाल प्रहरी अस्पतालका प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह र सानिमा
बैंकका तर्फ बाट सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गर्नुभएको छ। सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ कार्यालय र १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् ।