२०८१ बैशाख ४ , मंगलबार

लायन्स क्लब फेवा फुलवारीद्वारा वृक्षरोपण तथा स्टेसनरी वितरण

शिशिर पौडेल/ पोखरा । लायन्स क्लब अफ पोखरा फेवा फुलवारीले विपन्न परिवारका विद्यार्थीलाई स्टेसनरी सामाग्री वितरण गरेको छ ।

पोखराकै पर्यटकीय स्थल घार्मीमा आयोजित कार्यक्रममा त्यस क्षेत्रका विभिन्न विद्यालयमा अध्ययन गर्ने विपन्न वर्गका विद्यार्थीहरू भुमेश्वर आधारभुत विद्यालयका प्रीन्सा पौडेल, प्रकृति पौडेल, विवश सुनार, महेन्द्र मा विका सुमन सुनार, निमिसा सुनार, सुवोध पौडेल, सलिना पौडेल, जनम गर्वुजा, झरन गर्वुजा र गायत्री विद्यालयका सुशान्त भुजेललाई लायन्स डिस्टीक ३२५ जेका डिस्टीक गभर्नर धुर्व श्रेष्ठ, क्लवका अध्यक्ष गुरु प्रसाद पौडेल र कार्यक्रम संयोजक क्लवका सल्लाहकार गोविन्दराज अधिकारीले स्टेसनरी सामाग्री हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा लायन्स पार्कमा यश अघि रोपिएका बिरुवा गोडमेल गर्नुका साथै एभोकाडो, जापानीज कटुस, आरू लगायतका विभिन्न प्रजातिका फलफूलका विरूवा रोपिएको कार्यक्रम संयोजक अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा वोल्दै डिस्टीक गभर्नर श्रेष्ठले शिक्षा र वातावरणका क्षेत्रमा लायन्स क्लवले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको वताउँदै समाजको समृद्धिका लागि हरेक व्यक्तिमा सामाजिक भावना जागृत हुनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा पुर्व अध्यक्ष सञ्जय वस्नेत, कुन्दनराज शर्मा , लायन राजु कार्की लगायतले क्लबले गरेका विभिन्न कार्यको चर्चा गरेका थिए ।

क्लवका अध्यक्ष गुरु प्रसाद पौडेलको अध्यक्ष्यतामा भएको कार्यक्रमको संचालन सचिव राधिका भट्टराईले गर्नुभएको थियोे । क्लवले घार्मीको ओमकारेश्वर मन्दिर परिसरलाई लायन्स पार्कको रूपमा विकास गरि थप सौन्दर्यता वढाउने भएको छ ।