२०८१ बैशाख ८ , शनिवार

दराज महाबचत बजार अभियान सुरु ६०% सम्म छुट, रु. ७००० सम्मको भाउचर, साथै टर्की उड्ने नि:शुल्क टिकट जित्ने मौका

सुनाखरी न्युज/काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो वार्षिक अभियान दराज महाबचत बजार सुरु भयो घोषणा गरेको छ । श्रावन ८ (२४ जुलाई) बाट सुरु भएको यो अभियानको मुख्य उदेश्य कम्पनीको भनाई अनुसार ग्राहकहरुलाई दराजमा किनमेल गर्दा थप बचत गर्ने अवसर प्रदान गर्नु रहेको छ।

यसै संग अभियानको मुख्य हाइलाइटहरु भने ६०% सम्म छुट, अनलाइन प्रीपेमेन्टमा रु. १५०० सम्म को छुट, ७००० सम्म को भाउचर, निःशुल्क शिपिंग, र बम्पर उपहारमा टर्की उड्ने नि:शुल्क टिकट जित्ने मौका रहेको छ। अभियानको थप विवरण तल उल्लेख गरिएको छ। अनलाइन प्रिपेमेन्ट छुटको सन्दर्भमा, दराजका ग्राहकहरूले डेबिट कार्डबाट प्रिपेमेन्ट गरेमा १०% (अधिकतम रु १०००) र क्रेडिट कार्डबाट प्रिपेमेन्ट गरेमा १२% (अधिकतम रु १५००) सम्मको छुट प्राप्त गर्न सक्नेछन्। नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, सानिमा बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, बैंक अफ काठमाण्डू, नेपाल बैंक, मुक्तिनाथ विकास बैंक, ज्योति विकास बैंक र एनसीसी बैंकका कार्डवाहकहरूले माथि उल्लेखित छुटको लाभ लिन सक्नेछन् ।

 

यसबाहेक, आफ्नो ई-सेवा वालेट मार्फत भुक्तानी गर्ने ग्राहकहरूले सीमित अवधिको लागि १०% (अधिकतम रु १०००) सम्मको छुट प्राप्त गर्न सक्नेछन्। दराज महाबचत बजारमा लोकप्रिय खेल एक रुपैयाँ गेम पनि रहेको छ जस मार्फत ग्राहकहरुले निम्न मध्ये कुनै पनि पुरस्कार १ रुपैया मा जित्ने मौका पाउने छन् : निउ क्लासिक हेल्मेट, हाईग्राउन्ड एडभेन्चर र प्रोआर्ट आर्टको सामग्री। स्पष्ट गर्नको लागि, ग्राहकले एक पुरस्कारको लागि मात्र खेल्न सक्नेछन् । सहभागी हुनको लागि, ग्राहकहरूले अनलाइन प्रीपेमेन्ट मार्फत रु १ प्रिपे गर्नुपर्छ। प्रस्ताव समाप्त भएपछि सबै सहभागीहरूलाई रकम फिर्ता गरिनेछ।

 

अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरूमा बिशेष छुट

दराज महाबचत बजार अभियानमा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूमा विशेष डिल र छुटहरू रहनेछ । ग्राहकहरूले आफ्नो मनपर्ने ब्रान्डहरूबाट ६०% सम्म छुट पाउने छन् । अभियानका लागि डायमण्ड पार्टनर्स: एप्पल, फिलिप्स, अमायरा फेसन हाउस र निउ रहेका छन् ।

 

प्लेटिनम पार्टनर्समा एर्के, सिजी डिजिटल, कोंका, मसला बिड्स, लोत्टो र किउ एण्ड यु फर्निचर रहेका छ भने र अन्तमा, गोल्ड पार्टनरहरूमा काडेन्स नेपाल, जुआस, कन्भर्स, आङ्कर, रोहतो मेन्थोलाटम, बियर्डो, जीन्सवेस्ट र लियोन ब्यूटी रहेका छन्। अभियानका अतिरिक्त हाइलाइटहरूमा एड टु कार्ट, हट सेवर्स, शेक शेक, फलो एण्ड विन, र दराज जेम्स समावेश छन्।