२०८१ बैशाख ८ , शनिवार

इनारमा फेला पर्यो ४५ वर्षीय पुरुषको शव

 

सुनाखरी न्युज / सिरहाको गोल बजारमा इनारमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । उक्त शव गोलबजार नगरपालिक–९ डण्डाका ४५ वर्षीय रामजतन पासवानको भएको स्थानीयवासीले बताएका छन् । पासवान हिजो बेलुकादेखि हराइरहेको र उनको चप्पल र गञ्जी इनार नजिकै फेला परेको प्रहरीले बताएको छ ।

शनिबार बिहान उनको गञ्जी र चप्पल भेटिएको आधारमा इनारको पानी फालिएको थियो । यही क्रममा शव पनि देखिएको हो । प्रहरी र सेनाले इनारबाट शव निकालेको छ । इनारमा अक्सिजनको मात्रा कम भएकाले आफूहरुले नसकेपछि जनकपुरबाट आएको टोलीले शव निकालेको इलाका प्रहरी कार्यालय गोल बजारका प्रहरी निरीक्षक राजु केसीले बताए । शव पोष्टमार्टमका लागि लहान पठाउने तयारी गरिएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।