२०८१ बैशाख ७ , शुक्रवार

एसईई नतिजामा ढिलाइ, अब साउन १० मा गर्ने योजना !

सुनाखरी न्युज/काठमाडौं ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्न ढिलाइ भएको छ । राष्ट्रिय परीक्षाा बोर्डले असार अन्तिम हप्ता नतिजा सार्वजनिक गर्ने बताए पनि साउन पहिलो हप्तासम्म नतिजा दिन नसकेको हो ।

 

माध्यमिक शिक्षा परीक्षाका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले साउन १० गतेभित्र नतिजा प्रकाशन गर्ने बताए । बोर्डले यो वर्ष प्रदेशस्तरमा परीक्षा समिति बनाएर परीक्षा सञ्चालन, अनुगमन, निरीक्षण, परीक्षा केन्द्रको मापदण्ड निर्धारण, उत्तरपुस्तिका संकलन, परीक्षण र अंक चढाउने काम समेत गरेको थियो ।बोर्डले ३० वैशाखको स्थानीय तह निर्वाचनमा शिक्षक र कर्मचारी व्यस्त हुँदा उत्तरपुस्तिका परीक्षणमा १० दिन ढिला भएको बताएको छ ।

 

त्यही अनुसार विद्यार्थीको प्राप्तांकलाई परीक्षा नियन्त्रण कार्यालयले रुजु गरेर नतिजा प्रकाशनको तयारी गरेको हो । प्रदेशबाट विद्यार्थीको प्राप्ताङ्क अपडेट गर्नको लागि सफ्टवेयर जडान हुन नसकेकोले केन्द्रबाटै अपडेट गर्नुपर्ने भएकोले नतिजा सार्वजनिक गर्न ढिला भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।

 

२०७९ वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको २०७८ सालको एसईईको परीक्षामा करिब चार लाख विद्यार्थी सहभागी भएका छन् ।