२०८१ बैशाख १३ , बिहिवार

सन्दर्भ ४० औ बीपी स्मृति दिवस र मेरो कलम

किरण गिरी । आज श्रावण – ६ गते नेपाल भर र बिदेशमा समेत ४० औ बीपी स्मृति दिवस मनाइदै छ । यतिबेला म नेपाली कांग्रेसको निबर्तमान केन्द्रीय सदस्य र केन्द्रीय प्रतिनिधि को भुमिका मा छु । नेपाली कांग्रेसको आदर्श र सिद्धान्त प्रति प्रतिबद्ध म धेरै अगाडि देखि महामानव बीपी कोइराला को जीवन र दर्शन लाई राजनीतिक आदर्श मान्दै आइरहेको छु । एउटा बेग्लै स्वादको प्रस्तुति म यहा हरु समक्ष पस्कदै छु ।

 

बीपीको जीवनका अन्तिम तीन साता , इतिहासको पाना बाट :-
२०३९ साल असार तेस्रो सातातिर बीपीको स्वास्थ्य निकै नाजुक भएको थियो । बीपीलाई २०३९ साल असार २१ गते बीर अस्पतालको इन्टेन्सिभ केयर युनिटमा भर्ना गरियो । भारत, नेपाल र थाइल्याण्डबाट आएका डाक्टरहरुले बीपीको उपचार सुरु गरे । उपचारमा खासै सुधार नभएपछि चिकित्सकहरुको सिफासिमा बीपीलाई असार २७ गते थाइल्याण्डमा लगियो । साउन लागेपछि बीपीको स्वास्थ्यमा केही सुधार आएकोर सासले बोल्न थालेको कुरा सार्वजनिक भएको थियो । तर बीपीको स्वास्थ्यमा सुधार भएन । बीपीसित उपचारमासँगै रहनुभएका गिरिजाप्रसाद कोइरालाले नेपाली माटोमा नै अन्तिम सास फर्ने बीपीको सपनालाई पूरा गर्न थाइल्याण्डबाट बीपीलाई काठमाडौँ ल्याउनुभयो । तर बीपी बेहोस अवस्थामा नै हुनुहुन्थ्यो ।

विमानस्थलमा बीपीलाई स्वागत गर्न सहोदर दाजु मातृकाप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र भारतीय नेता चन्द्र शेखर पनि पुग्नुभएको थियो । बीपीलाई विमानस्थलबाट एम्बुलेन्समा राखेर सिधै चाहविलस्थित जयबागेश्वरी पुर्‍याइयो । चिकित्सकहरुले बीपीको स्वास्थ्य परीक्षण गरे । साउन ६ गते साँझ ७ : १५ बजे ६८ वर्षको उमेरमा बीपीको निधन भयो । बीपीका हजारौँ शुभेच्छुकलाई गिरिजाबाबुले बरण्डामा उभिएर भन्नुभयो ‘अव सान्दाजुको मुटु चल्न छोड्यो ।’ बीपीको निधनको समाचार नेपालीहरुले साउन ६ गते साँझको बीबीसीको हिन्दी सेवाको समाचार सुनेर थाहा पाएका थिए । साउन ७ गते बिहान मात्र रेडियो नेपालले बीपीको निधनमा राजा बीरेन्द्रको शोक समवेदना प्रसारण गरेको थियो ।

बीपी भारतको वनारसमा जन्मनुभयो । नेपालमा सशस्त्र संघर्ष गर्न बीपीले २००३ साल माघ १२, १३ गते कलकत्ता सम्मेलनमार्फत नेपाली राष्ट्रिय काँग्रेसको स्थापना गर्नुभयो । उद्घाटनमा समारोहलाई सम्वोधन गर्दा बीपीले नेपालमा सर्घष गर्न नेपाली भूमिमा नै पार्टी स्थापना गर्नुपर्ने भए पनि त्यो गर्न नसकेकोमा दुःख व्यक्त गर्नुभएको थियो । भारतमा अध्ययन, पेशागत जीवन पनि विताउनुभयो । जेल र निर्वासत जीवन पनि भारतमा विताउनुभयो । बीपीले परिवारका मानिससित नेपाली माटोमा नै अन्तिम सास फर्ने इच्छा व्यक्त गर्नुभएको थियो । त्यो कुरा भने बीपीको पूरा भयो ।

 

नेपालमा यतिबेला सबैभन्दा धेरै पढिने, सुनिने र राजनीतिमा सबैभन्दा धेरै श्रद्धा गरिने नाम हो बीपी कोइराला । स्मृति दिवस को अवसरमा बीपीप्रति हार्दिक श्रद्धासुमन र सम्मान अर्पण । नेपाली कांग्रेस यतिबेला संयुक्त सरकार को नेतृत्व गर्दै स्थानीय निर्वाचन सम्पन्न गरेर नेपाली कांग्रेस लाई देशको अग्रणी लोकतान्त्रिक पार्टी को जनमत द्वारा स्थापित गराउन सफल भएको छ । अब आगामी संघिय र प्रदेश निर्बाचन नेपाली कांग्रेस लाई बिजय गराउनु हामी सबै नेता कार्यकर्ता को प्रमुख दाइत्व र जिम्मेवारी हो । बीपी का आदर्श र मान्यता लाई हामी सबै नेता कार्यकर्ता ले आत्मसात गर्दै संसदीय निर्बाचनमा नेपाली कांग्रेस लाई बहुमत स्थान मा बिजय गराउन हामी सफल भयौं भने बिपि प्रति सच्चा सम्मान हुने छ ।

लेखक – नेपाली कांग्रेसका केन्द्रीय नेता एबं निबर्तमान केन्द्रीय सदस्य हुन ।