२०८१ बैशाख ७ , शुक्रवार

कर्जा विस्तारलाई नियन्त्रण गरिने, १२.६ प्रतिशतमा सीमित गर्ने राष्ट्र बैंकको लक्ष्य

सुनाखरी न्युज/ काठमाडौं ।

चालु आर्थिक वर्ष २०७९-८० मा राष्ट्र बैंकले कर्जा विस्तारलाई नियन्त्रण गर्ने भएको छ । केन्द्रीय बैंकले शुक्रबार आब २०७९-८० को मौद्रिक नीति सार्वजनिक गर्दै निजी क्षेत्रतर्फको कर्जा विस्तार १२.६ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको हो ।

 

कर्जा विस्तार उच्च हुँदा बढेको आयातले व्यापार घाटासँगै शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चितिमा दवाब बढ्दा राष्ट्र बैंकले कर्जा विस्तारलाई नियनत्रण गर्न खोजेको हो । गत आवमा १९ प्रतिशत कर्जा विस्तार लक्ष्य लिएको थियो ।

 

बढ्दो मुद्रास्फीति नियन्त्रण गर्न पनि कर्जा विस्तार नियन्त्रित गर्दै विस्तृत मुद्राप्रदायको विस्तार पनि संकुचन गर्न नीति राष्ट्र बैंकले लिएको छ । गत आवमा विस्तृत मुद्राप्रदायको विस्तार १८ प्रतिशत हुने प्रक्षेपण गरेपनि एकल अंकमा नै रहने अवस्था रहेकोमा चालु आबमा १२ प्रतिशतको लक्ष्य लिएको छ ।

 

यस्तै वाहृय क्षेत्रलाई सन्तुलन कायम राख्दै आर्थिक वर्ष २०७९-८० मा कम्तिमा महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम हुनेगरी मौद्रिक तथा वाहृय क्षेत्र व्यवस्थापन गर्ने राष्ट्र बैंकले जनाएको छ ।

 

मुद्रास्फीति बजेटले दिएको सुझावअनुसार ७ प्रतिशतमा सीमित गेर्न केन्द्रीय बैंकले जनाएको छ ।