२०८१ बैशाख १३ , बिहिवार

चालु आर्थिक बर्षको मौद्रिक नीति सार्जजनिकः बैंकहरूले राष्ट्र बैंकबाट लिने ऋणको ब्याजदर बढ्यो, सेयर कर्जामा ४ करोडको सीमा हट्यो

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षक २०७९-८० को मौद्रिक नीति शुक्रबार सार्जजनिक गरेको छ । नीतिमा बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट ऋण लिँदा तिर्नुपर्ने ब्याजदर (बैंक दर) बढाइएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले उक्त व्यवस्था गरेको गभर्नर महाप्रसाद अधिकारीले बताएका हुन् ।

 

नयाँ व्यवस्था अनुसार राष्ट्र बैंकले बैंक दर ८.५ प्रतिशत पुर्‍याएको छ । यसअघि यस्तो ब्याजदर ७ प्रतिशत थियो । यसले समग्र ब्याजदर बढाउन दवाव पुग्नेछ ।

सेयर कर्जामा ४ करोडको सीमा हट्यो, १२ करोड भन्दा बढी नपाइने भने

राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा लगाएको प्रतिव्यक्ति प्रतिबैंकको सीमामा संशोधन गरेको छ । तर, कुल १२ कोडको सिमा भने थथावत राखेको छ ।

गत आबको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरुको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले भन्दै उक्त सीमा लगाएको थियो ।