२०८१ बैशाख १२ , बुधवार

सहज र सरल ढंगले स्वास्थ्य बीमा भुक्तानी पाउने व्यवस्था मिलाउन सरकारलाई शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन

सुनाखरी न्युज/काठमाडौं । शिक्षा तथा स्वास्थ्य समितिले जनताले सहज र सरल ढंगले स्वास्थ्य बीमा भुक्तानी पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

 

सिंहदरबारमा बसेको समिति बैठकले अस्पतालमा स्वास्थ्य बीमामार्फत उपचार गर्न जादा समस्या झेल्नुपरेको भन्दै दिर्घकालिन रुपमा समाधान गर्न पनि सरकारलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी प्रसाद खापुङले बजेटमा सरकारी र सामूदायिक स्वास्थ्य संस्थाबाट मात्रै स्वास्थ्य बीमा लागू हुने उल्लेख भएकाले समस्या देखिएको बताए ।

 

समिति सदस्यहरुले स्वास्थ्य बीमालाई थप प्रभावकारी र सहज बनाउन सरकार गम्भीर हुनुपर्ने सुझाव दिएका थिए ।