२०८१ बैशाख १३ , बिहिवार

बैंकहरुको निक्षेप ४७ अर्बले वृद्धि

सुनाखरी न्युज/ काठमाडौं। चालू आर्थिक वर्षको अन्तिम साता बैंकिंङ प्रणालीमा उल्लेख्य निक्षेप संकलन वृद्धि भएको छ भने न्यून अंकले मात्र कर्जा प्रवाह बढेको छ।

 

एक सातामा निक्षेप ४७ अर्बले बढ्दा कर्जा १ अर्बले मात्र बढेको नेपाल बैंकर्स संघले जनाएको छ। नेपाल बैंकर्स संघका अनुसार असार २४ गतेदेखि ३२ गतेसम्म कमर्शियल बैंकहरुको निक्षेप ४७ अर्बले बढेको छ भने यस अवधिमा कर्जा १ अर्बले मात्रै घटेको छ।

 

निक्षेप ४७ अर्बले बढेर ४४ खर्ब ९४ अर्बबाट ४५ खर्ब ४१ अर्ब पुगेको छ भने कर्जा लगानी ४१ खर्ब ७४ अर्बबाट बढेर ४१ खर्ब ७५ अर्ब पुगेको छ।