२०८१ बैशाख १२ , बुधवार

मौद्रिक नीति आउने दिन सेयर बजारका सबै सूचक घटे

सुनाखरी न्युज/काठमाडौं । आर्थिक वर्ष २०७९/८० का लागि मौद्रिक नीति आउने दिन शुक्रबार सेयर बजारको परिसूचक नेप्सेसहित सबै सूचक घटेका छन् । नेप्से २७.२६ अंक घटेको छ । सो अंकको गिरावटपछि २०१७ अंकमा झरेको छ ।

 

मौद्रिक नीति कसिलो आउने अनुमानका बीच सेयर बजारमा यसले नकारात्मक प्रभाव पारेको हो । ४ बजे माैद्रिक नीति सार्वजनिक हुँदैन । शुक्रबार २ घण्टा खुलेको बजारमा १ अर्ब ४४ करोडको सेयर किनबेच भएको छ । बैंकिङ १५, विकास बैंक ७१, फाइनान्स २७, होटल तथा पर्यटन ५८, जलविद्युत् ३५, जीवन बीमा १०९, उत्पादन ११२, माइक्रोफाइनान्स ४८, निर्जीवन बीमा ३२, अन्य ३२ र ब्यापार उपसमूह सूचक ५० अंक घटे । कुल १४ कम्पनीको मूल्य बढ्दा १६४ को घट्यो भने १ को स्थिर रह्यो ।

 

किसान लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ८.४, गणपति लघुवित्तका ६ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, गोर्खा फाइनान्स, पुनर्बीमा कम्पनी, अरुणकाबेली पावर क्रमश: अगाडि रहे ।