२०८१ बैशाख १३ , बिहिवार

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

 

सुनाखरी न्युज/पर्वत। कुश्मा नगरपालिका-४ जिरो बस्ने निसा पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार ५ सय २० रूपैयाँ र २ सय ८ पत्ती तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।