२०८१ बैशाख १३ , बिहिवार

प्रतितोला एक हजारले बढ्यो सुनको मुल्य

सुनाखरी न्युज/काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ ।

महासंघका अनुसार आज सुनचाँदीको मुल्य बढेको छ । आज सुनको मुल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ भने चाँदीको मुल्य १० रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार पाँच सय रुपैयाँ रहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ११६५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।