२०८१ बैशाख १३ , बिहिवार

कन्टेनरको ठक्करबाट २ जनाको मृत्यु

सुनाखरी न्युज/ मोरङ । मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित कोशी लोकमार्गमा कन्टेनरको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।

आज बिहान साढे ६ बजे HR 38X 2210 नम्वरको कन्टेनरले को.३०प ९१०३ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक केरावारी गाउँपालिका-७ मोरङका २७ बर्षीय हर्क परियार र मोटरसाईकल पछाडि सवार रहेका २१ बर्षीय भिम बहादुर राईलाई उपचारको लागि बिराट मेडिकल कलेज गंगा चोक लगिएकोमा अस्पताल पुर्‍याउना साथ दुवै जनाको मृत्यु भएको हो ।

ठक्कर दिने सवारी साधन र चालक भारत भरतपुर एकलऔहराका मोरध्वज पाललाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरीरहेको छ ।