२०८१ बैशाख ६ , बिहिवार

लागुऔषध सहित २ जना पक्राउ

सुनाखरी न्युज/ बिराटनगर। झापाको मेचीनगर-६ स्थित र मोरङको पथरी शनिश्चरे-२ स्थितबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

हिजो दिउँसो मेचीनगर नगरपालिका-६ स्थित मेची पुलमा इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउदै गरेका शिवसतासी-९ झापाका ३६ बर्षीय नेत्र बिक्रम तुम्बाहाम्फेलाई शंका लागी चेकजाँच गर्दा उनको साथ बाट २ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

 

भने मोरङको इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे-२ का २७ बर्षीय अजय राईको साथबाट २०० मिली ग्राम ब्राउन सुगर बरामद भए संगै उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।