२०८१ बैशाख १२ , बुधवार

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

सुनाखरी न्युज/भोजपुरर। भोजपुरको भोजपुर नगरपालिका-१२ स्थितमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु भएको छ ।

 

बिहिबार बेलुका ६ बजे भित्री सडक खण्डमा मे. १ त ४७४४ नम्बरको ट्याक्टरले ठक्कर दिदा स्थानीय सुन्दर तामाङ को ४ बर्षीय छोरा मेन्सन तामाङको घटनास्थलमा नै मृत्यु भएको हो ।

मृतक बालकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर पठाईएको तथा ठक्कर दिने ट्याक्टर र चालक भोजपुर रामप्रसादराई-९ का राजु राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरी रहेको छ ।