२०८१ बैशाख ६ , बिहिवार

राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउने

सुनाखरी न्युज/काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउने भएको छ । मौद्रिक नीति ल्याउनु भन्दा अगाडि राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसेको छ ।

 

मौद्रिक नीति ल्याउनु भन्दा अघिल्लो दिन बिहीबार बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सो सम्बन्धी जानकारी दिएका थिए । शुक्रबार प्रस्तुत हुने मौद्रिक नीतिबारे जानकारी दिन गभर्नर अधिकारी बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन् ।

 

बजेटमा करका दर परिवर्तनमा अनधिकृत व्यक्तिको प्रवेश भएको भन्ने विवादकाबीच संसदीय विशेष छानबिन समिति गठन भएपछि जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिइ सकेका छन् । त्यस यता प्रधानमन्त्री देउवाले नै अर्थमन्त्रालयको जिम्मेवारी सम्हालि रहेका छन् ।