२०८० चैत्र १५ , बिहिवार

खर्चिलो र अव्यावहारिक संघीय व्यवस्था देशले धान्न सक्दैनः राजेन्द्र लिङ्देन

सुनाखरी न्युज/काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले खर्चिलो र अव्यावहारिक संघीय व्यवस्था देशले धान्न नसक्ने बताउनुभएको छ ।

 

काठमाडौं सुरु भएको दुई दिने केन्द्रीय समिति बैठकमा अध्यक्ष लिङ्देनले जनप्रतिनिधि र प्रशासनिक खर्चको भार बोझिलो हुँदाहुँदै करको दायराले जनजीवन नै प्रभावित पारेको बताउनुभयो । उहाँले अव्यावहारिक संघीय व्यवस्था देशले धान्न नसक्ने पुष्टि भएको पनि बताउनुभयो ।

चर्को मूल्य वृद्धि र व्यापार घाटा, वैदेशिक मुद्राको अल्पसंचिति, असन्तुलित आयात निर्यातको दरले देशलाई थप असहज अवस्थामा पुर्‍याएको उहाँको भनाइ छ । बैठकमा अध्यक्ष लिङ्देनले प्रारम्भिक समसामयिक राजनीतिक परिवेश र भावी कार्ययोजना पेस गर्नुभएको थियो ।