२०८१ बैशाख ८ , शनिवार

दराज र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम बीच कार्ड प्रिपेमेन्ट प्रवर्द्धन गर्न साझेदार

सुनाखरी न्युज/ काठमाडौं –

नेपालको अग्रणी अनलाइनबजार दराजले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (ल्भ्एक्) सँग दराजमाकिनमेल गर्दा प्रिपेमेन्ट प्रवर्द्धन गर्न सम्झौता गरेको छ ।

 

आफ्नो अर्डरको लागिनगद अन डेलिभरी मार्फत भुक्तानी गर्न रुचाउने ग्राहकहरूलाई प्रिपेमेन्टमा रूपान्तरण गर्ने प्रयासमा दराज र नेप्सले (ल्भ्एक्) अनलाइन सपिङ प्लेटफर्ममा डेबिट र क्रेडिट कार्डहरूको प्रयोगलाई प्रोत्साहनदिइरहेका छन्। यो सम्झौतामा दराज नेपालकाडिजिटल पेमेन्ट एण्ड पार्टनरसिपप्रमुख अरुण फुयाँल र नेप्सका सीबीओ पविन्द्र राजभण्डारीबीच हस्ताक्षर भएको हो ।

 

“नेपाली ई–कमर्स इकोसिस्टमलाई नयाँउचाइमापुग्न मद्दत गर्न डिजिटल शपिङ प्लेटफर्म प्रयोग गर्दै ग्राहकहरूलाई थप डिजिटल भुक्तानीविधिहरू छनौट गर्न प्रोत्साहित गर्न ल्भ्एक् सँगको हाम्रो साझेदारीप्रतिहामीउत्साहित र आशावादी छौं। “अरुण फुयाँल, डिजिटल पेमेन्ट एण्ड पार्टनरसिपप्रमुख, दराज नेपाल ग्राहकहरूलाई नगदबाट डिजिटल वित्तीय कारोबारमा स्वीच गर्न प्रोत्साहित गर्ने प्रयासमा दराजले विभिन्न बैंकहरू र डिजिटल वालेटहरूसँग सम्बन्ध र भुक्तानी साझेदारी बढाउँदै आएको छ।

 

दराजले धेरै बैंकहरूसँग साझेदारी गरेको छ, जसले ग्राहकहरूलाई तोकिएको बैंक दिनहरूमा ती विशिष्ट बैंकहरू मार्फत भुक्तानीगर्दा विशेष छुटहरू प्राप्त गर्न अनुमति दिनेछ । ग्राहकहरूले दराज एपमा आफ्नो अर्डर चेक आउट गर्दा र बैंक अफ द डेज डेबिट वाक्रेडिट कार्ड मार्फत भुक्तानी गर्ने विकल्प चयन गर्दा दैनिक बैंक छुट भौचरहरू प्रयोग गर्न सक्ने छन्। संकलित भाउचरहरू चेक आउटको समयमा स्वचालित रूपमा लागू हुने छन्। थप प्रश्नहरूको लागि, कृपया हाम्रो दराज सेवा साथी २ ०१५९७०५९७ मा सम्पर्क गर्नुहोस्।