२०८१ बैशाख ७ , शुक्रवार

शेयर बजारमा सामान्य करेक्सन

सुनाखरी न्युज/ काठमाडौं । केहि दिनदेखि निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताका कारोबारको पाँचौं दिन आज बिहिबार सामान्य अंकले करेक्सन भएको छ ।

 

आज नेप्से ५.८७ अंकले घटेर दुई हजार ४४ दशमलब ७२ विन्दुमा बन्द भएको हो । बुधबार नेप्से ४.८९ अंकले बढेर दुई हजार ५० दशमलब ५९ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा एक अर्ब ६४ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा एक अर्ब ७३ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

 

बुधबार कारोबार भएका कम्पनीमध्ये ४७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १२६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सेन्ट्रल फाइनान्स कम्पनीको शेयरमूल्य ३.१६ प्रतिशतले बढेर प्रतिकित्ता ३२६ रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार आज आइसीएफसी फाइनान्स डिभेञ्चरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज १७ करोड ८० लाख भन्दा बढीको कारोबार भएको छ ।