२०८० चैत्र १६ , शुक्रवार

बागमती प्रदेशसभामा दुई विधेयक पेस

सुनाखरी न्युज/ काठमाडौं –

बागमती प्रदेशसभा बैठकमा प्रदेश र स्थानीय तहका कर्मचारीलाई व्यवस्थापन गर्न बनेको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक पेस गरिएको छ ।

 

बिहीबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरेका हुन् । बैठकमा अन्य दुई ऐनलाई संशोधन गर्न बनेको विधेयक पनि पेस गरिएको छ ।

 

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक पेस गरे । त्यस्तै प्रदेश प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले युवा परिषद् ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक पेस गरे । रासस