२०८१ बैशाख ७ , शुक्रवार

उदयपुरमा अस्पतालका शय्या ज्वरोका बिरामीले भरिए

सुनाखरी न्युज/ काठमाडौं –

जिल्ला अस्पतालमा दैनिक ज्वरोका बिरामी वृद्धि हुँदै गएको छ ।

 

अहिले अस्पतालका अधिकांश शय्या ज्वरोका बिरामीले भरिएका छन् । अन्य बिरामीलाई उपचार गर्न समेत समस्या हुन थालेको अस्पतालका प्रमुख डा मुकेश झाले जानकारी दिए । अहिले दैनिक १५ देखि २० जनासम्म भाइरल ज्वरोका बिरामी उपचारको लागि अस्पतालमा आउने गरेको उनले बताए ।

 

अस्पतालका प्रशासकीय अधिकृत बिर्खबहादुर खत्रीले भने– “५० शय्याको अस्पतालका अधिकांश शय्या भाइरलका बिरामीले भरिएका छन् । अहिले अन्य उपचारको लागि आउने बिरामीलाई शय्यामा राखेर उपचार गन समस्या हुन थालेको छ । ”रासस