२०८१ बैशाख १३ , बिहिवार

संसदीय विशेष छानबिन समितिको सोधपुछपछि पूर्वअर्थमन्त्री शर्माले भने ‘सबै प्रश्नको जवाफ दिए

सुनाखरी न्युज/ काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले संसदीय विशेष छानबिन समितिले सोधेका सबै प्रश्नको जवाफ दिएको बताएका छन् ।

 

बिहीवार समितिले आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गरेर करका दर हेरफेर गरेको आरोपबारे सोधका सबै प्रश्नको आफूले जवाफ दिएको उनले बताए । पूर्वअर्थमन्त्री शर्माले आफूले समितिले सोधका सबै प्रश्नको जवाफ दिएको र यसको निचोड समितिले नै गर्ने बताए । समितिले तत्कालीन अर्थमन्त्री शर्मासँग बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गरेर करका दर हेरफेर गरेको आरोपबारे सोधपुछ गरेको थियो । तत्कालीन अर्थमन्त्री शर्मामाथि छानबिनका लागि गठित संसदीय विशेष छानबिन समितिको बिहीवार सिंहदरबारमा बसेको बैठकमा यसबारे सोधपुछ भएको छ ।

 

समितिको बैठकमा निवर्तमान अर्थमन्त्री शर्मा उपस्थित भएर छलफलमा भाग लिएका थिए । तत्कालीन अर्थमन्त्री शर्मालाई २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ ।