२०८१ बैशाख १२ , बुधवार

भारतको नयाँ राष्ट्रपति निर्वाचनको मतपरिणाम आज

सुनाखरी न्युज / भारतको १५ औँ राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै छ । निर्वाचनमा सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडीएकी साझा उम्मेदवार द्रौपदी मुर्मु र विपक्षी दलका यशवन्त सिन्हाबीच प्रतिस्पर्धा हुँदै छ । दुवै सदन र विधानसभा सदस्यहरुले गरेको मतदानको मतपेटिकाहरु यसअघि नै संसद भवन पुर्‍याइसकिएको छ ।

मत गणनाको मतपरिणाम आजै सार्वजनिक हुने छ ।भारतका राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल यही जुलाई २४ तारिखमा सकिंदै छ । त्यसैले नयाँ राष्ट्रपति पदको चयनका लागि निर्वाचन गरिएको थियो । निर्वाचनमा भारतीय जनता पार्टी ९भाजपा०को तर्फबाट द्रौपदी मुर्मु र विपक्षी दलको तर्फबाट यशवन्त सिन्हा उम्मेदवार छन् ।

राज्यसभाका २३३, लोकसभाका ५४३ र विधानसभाका ४ हजार ३३ जनाले मतदानमा भाग लिएका थिए । निर्वाचन जित्न कूल मतभारको ५० प्रतिशतभन्दा बढी मत पाउनुपर्छ ।