२०८१ बैशाख ७ , शुक्रवार

घाइते पत्रकार रूपलाल बोहोरालाई पूर्वमन्त्री धनबहादुर बुढाको सहयोग

सुनाखरी न्युज / घरको छतबाट लडेर घाइते भएका डोल्पाका पत्रकार रूपलाल बोहोरालाई पूर्व राज्यमन्त्री एवं डोल्पाका सांसद धनबहादुर बुढाले सहयोग गरेका छन् । नेकपा एसका नेता समेत रहेका बुढाले घाइते पत्रकारको उपचारका लागि नगद ५० हजार सहयोग गरेका हुन ।

गत शनिबार घरको छतबाट लडेर गम्भिर घाइते बोहोराको काठमाण्डौको ट्रमा सेन्टरमा उपचार भई रहेको छ ।उपचारमा सहयोग होस भनेर नगद ५० हजार उपलव्ध गराइदिएको र भोलिको दिनमा पनि सहयोग गर्ने बुढाले बताए ।

डोल्पाका सांसद बुढाले अप्ठेरोमा परेका सर्वसाधारणलाई सहयोग गर्दै आइरहेका छन् ।घाइते पत्रकार बोहोरालाई काईके गाउँपालिका अध्यक्ष अंगद रानाले हेलिकप्टर मार्फत उद्धार गरेर काठमाण्डौ लगेका हुन । पत्रकार बोहोराको उपचारको लागि सहयोग जुटिरहेको नेपाल पत्रकार महासंघ डोल्पा शाखाका अध्यक्ष सरोज थापाले जानकारी दिए ।