२०७९ श्रावण २८ , शनिवार

प्रतिनिधि सभाको बैठक आज बस्दै

सुनाखरी न्युज/ काठमाडौं –

संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको तथ्यांक विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

 

यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठक दिउँसो १ बजे शुरू हुनेछ।