२०८० चैत्र १६ , शुक्रवार

पोखरीमा डुबेर ४ जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं –

बर्दिया – बढैयाताल गाउँपालिका-२ फुटाहास्थित माछापोखरीमा डुबेर सोही ठाउँ बस्ने बिर्ख बहादुर भण्डारीको छोरा ९ वर्षीय भुवन भण्डारी र चन्द्र बोहराको छोरा ८ वर्षीय युवराज बोहराको बुधबार दिउँसो मृत्यु भएको छ ।

 

पोखरीको छेउमा खेल्ने क्रममा अचानक डुबेर अशक्त भएका उनीहरूको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो ।

 

स्याङजा – गल्याङ नगरपालिका-६ पेलाकोटस्थित सिंचाई पोखरीमा डुबेर सोही ठाउँ बस्ने कामना गुरुङकी छोरी ४ वर्षीया सोफिया गुरुङ र सोही ठाउँ बस्ने ३३ वर्षीया बिन्द्र गुरुङको बुधबार साँझ मृत्यु भएको हो ।

 

सोफिया डुबेको देखेपछि उनको उद्दार गर्न गएकी बिन्द्र समेत डुबेर अशक्त भएको अवस्थामा तत्काल उद्दार गरी प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगेकोमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।