२०८१ बैशाख ८ , शनिवार

सुन तोलामा एक हजार रुपैयाँले घट्यो, चाँदीको मूल्य कति?

सुनाखरी न्युज/ काठमाडौं –

बिहीबार सुन र चाँदीको मूल्य घटेको छ ।

 

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्दा चाँदीको मूल्य तोलामा १० रुपयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला ९४ हजार थियो भने तेजावी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ थियो ।

 

यस्तै चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँमा खरिद बिक्री भएको थियो । आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य तेलामा ११ सय ५५ रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।