२०८१ बैशाख ८ , शनिवार

मुक्तिनाथ विकास बैंक “द बिज अवार्ड २०२२” बाट सम्मानित

सुनाखरी न्युज/ काठमाडौं । मुक्तिनाथ विकास बैंक बिजनेस एक्सीलेन्स् अवार्ड ईन द वर्ल्ड “ द बिज अवार्ड २०२२” द्वारा विभिन्न ६ विघाहरु (व्यापारमा उत्कृष्टता, व्यापारमा अबल नेतृत्व, सेवाको गुणस्तर, सेवामा श्रृजनात्मक अभ्यास आदि)मा मुल्याङ्कन गरी उक्त संगठनबाट सम्मानित भएको छ ।

 

वल्र्ड कन्फेडेरेसन अफ बिजनेस वर्ल्ड कब (WORLD CONFEDERATION OF BUSINESS- WORLDCOB) द्वारा आयोजना गरिएको सो कार्यक्रमका विश्वभरीका १३० वटा देशहरुका ३,५०० भन्दा बढि व्यापार सदस्यहरुको प्रतिनिधित्व गर्दै आएको छ । मुक्तिनाथ विकास बैंकलाई सोही क्रममा बिजनेस एक्सिलेन्स सर्टिफिकेटद्वारा र यस बैंकमा प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेललाई पनि “बिजनेस एक्सिलेन्स सर्टिफिकेट वर्ल्ड कब”ले सम्मानित गरेको हो । यस सम्मानले बैंकलाई भविष्यमा आफ्नो व्यापार प्रणालीमा अझ थप रणनीति बनाउन र ग्राहकहरुका लागि नविनतम सेवाहरु ल्याउन उत्साहित बनाएको छ ।

 

बैंकले यस अघि युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० समेत हासिल गरेको थियो भने “ग्लोबल एसएमई अवार्ड २०२१” को एसएमई फाइनान्सियर अफ द इयर एशिया विधामा पनि बैंक सम्मानित भएको थियो । यसकासाथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्क मा आवद्ध अन्य जुन सुकै बैंकका एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।