२०८१ बैशाख १२ , बुधवार

गजल

सुनाखरी न्युज/ काठमाडौं ।

पेट मिचेर हाँस्न पनि सकिएन हजुर ।
मायाँ प्रिति गाँस्न पनि सकिएन हजुर ।

यि नेताकाे अनेक अनेक ताल देखेर ।
सन्च संग बाँच्न पनि सकिएन हजुर।

भन्दै हिँडाै कहाँ सम्म एक जुनिमा ।
कालाे कर्तुत मास्न पनि सकिएन हजुर ।

कार्यकारी बदमास भए चेला चफेटा ।
तिन्का ढाड भाँच्न पनि सकिएन हजुर ।

अरुलाई के दाेष दिनु आफ्नै भाग्य खराव ।
बेला छँदै भाग्य जाँच्न सकिएन हजुर ।