२०८० चैत्र १५ , बिहिवार

नागरिक लगानी कोषले सगरमाथा जलबिद्युत्को शेयर प्रत्याभुति गर्ने

सुनाखरी न्युज/ काठमाडौं । नागरिक लगानी कोषले सगरमाथा जलबिद्युत् कम्पनी लिमिटेडको साधारण शेयर प्रत्याभुति गर्ने भएको छ ।

सेयर प्रत्याभूतिकर्ता सम्वन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलद्यिुतको तर्फबाट डा.भुषण गुरागाईले हस्ताक्षर गर्नुभएको हो ।

सगरमाथा जलविद्युत्को ५४ लाख ८८ हजार कित्ता साधारण शेयरमा १ सय रुपैंया अंकित दरले हुन आउने ५४ करोड ८८ लाख रुपैँयाको शेयर कोषले प्रत्याभूति गर्ने छ ।