२०८१ बैशाख ८ , शनिवार

कोरोना अपडेट : थपिए ३९१ जना कोरोना सङ्क्रमित, मृतकको सङ्ख्या शुन्य

सुनाखरी न्युज/ काठमाडौं –

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर थप ३ सय ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने उक्त अवधिमा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको हो ।

 

 

३ हजार ९ सय ८१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३ सय ४० तथा एन्टिजेन विधिबाट ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उक्त अवधिमा थप ४६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । त्यस्तै, योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार २ सय ७६ पुगेको छ ।

 

त्यस्तै, १ लाख ३२ हजार ५ सय १५ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।