२०८० चैत्र १५ , बिहिवार

शेयर बजारमा सामान्य अंकको वृद्धि, ४.८९ अंकले बढ्यो नेप्से

सुनाखरी न्युज/ काठमाडौं –

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो कारोबारको दिन आज बुधबार सामान्य अंकले बढेको छ । आज नेप्से ४.८९ अंकले बढेर दुई हजार ५० दशमलब ५९ विन्दुमा बन्द भएको हो ।

 

मंगलबार नेप्से १६.२० अंकले बढेर दुई हजार ४५ दशमलब ६३ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज नेप्से परिसूचक बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । आज नेप्सेमा एक अर्ब ७३ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

मंगलबार नेप्सेमा दुई अर्ब २९ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । बुधबार कारोबार भएका कम्पनीमध्ये ८६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ८७ वटा कमपनीको शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । मल्टीपर्पोज फाइनान्स कम्पनीको शेयरमूल्य ५.६९ प्रतिशतले बढेर प्रतिकित्ता २६० रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार आज लक्ष्मी इकयुटी फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज १६ करोड ४२ लाख भन्दा बढीको कारोबार भएको छ ।