२०८१ बैशाख ११ , मंगलबार

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं –

मोरङ – पथरी शनिश्चरे नगरपालिका-२ पारुहाङ टोलमा प्र.१-०२-००३ ह ५८३ नम्बरको सिटी सफारीको ठक्करबाट सोही ठाउँ बस्ने आन्न राईकी छोरी ४ वर्षीया सिहाङ राईको मंगलबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको बिराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटो चालक समेत २ जनालाई उपचारको लागि मोरङ अस्पताल पथरीमा पठाइएको छ ।

रूपन्देही – तिलोत्तमा नगरपालिका-१ ड्राईभरटोलमा ना.६ ख ४००० नम्बरको कन्टेनरले लु.१५ प ९४८२ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक गैडहवा गाउँपालिका-६ बस्ने २१ वर्षीय जितेन्द्र हरिजनको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमशन हस्पिटल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । कन्टेनर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्दिया – गेरुवा गाउँपालिका-६ नौरंगामा नेपालगन्जबाट गोलातर्फ जाँदै गरेको भे.१ ख ३३६४ नम्बरको हाईसको ठक्करबाट पैदलयात्री राजापुर नगरपालिका-१ बस्ने ३२ वर्षीय बसन्त थारुको मंगलबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल हुँदै नर्सिङ होम नेपालगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाईस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।