२०८१ बैशाख ११ , मंगलबार

श्रीलंकामा नयाँ राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै

सुनाखरी न्युज/ काठमाडौं । राजनीतिक अस्थिरता र आर्थिक संकटकाबीच आज (बुधबार) श्रीलंकामा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुने भएकाे छ ।

 

गत साता राष्ट्रपति गोताबाया राजपाक्षे देश छाडेर भागेपछि खाली भएको राष्ट्रपति पदका लागि बुधबार श्रीलंकाको संसदमा मतदान हुने भएकाे हाे । कार्यबाहक राष्ट्रपति एवं प्रधानमन्त्री रनिल विक्रमासिंगे र सत्तारूढ दलकै विद्रोही सांसद डुलास अलाहपेरूमाबीच राष्ट्रपति पदका लागि प्रतिष्पर्धा हुने भएको छ ।

 

अलाहपेरूपमालाई विपक्षी दलहरूले समर्थन गरेका छन् । त्यस्तै वामपन्थी पार्टीहरूले अनुरा कुमार दिशानायकेलाई राष्ट्रपतिको उम्मेदवार बनाएका छन् । बुधबार हुने मतदानमा श्रीलंकाली संसदका २ सय २५ सदस्यहरूको बहुमत मत प्राप्त गर्नुपर्ने छ । बुधबार निर्वाचित हुने राष्ट्रपतिले सन् २०२४ को नोभेम्बरसम्म बाँकी रहेको राष्ट्रपतिय कार्यकालसम्म शासन गर्न पाउने छन्। टाट पल्टिएको देशलाई सही दिशामा ल्याउनु नयाँ राष्ट्रपतिका लागि फलामको चिउरा चपाउनु जस्तै हुने भएकाे छ ।