२०८० चैत्र १५ , बिहिवार

श्वेत गंगा हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

सुनाखरी न्युज/ काठमाडौं ।श्वेत गंगा हाइड्रोपावरले बुधबार (साउन ४ गते) देखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्दैछ । कम्पनीले २३ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।

यसअनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २३ लाख ८९ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गर्ने छ । यो मध्ये ५% अर्थात् १ लाख १९ हजार ४७५ कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी २२ लाख ७० हजार २५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त सेयरमा साउन ८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन १८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीको भनाई रहेको छ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । श्वेत गंगाको आइपीओमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।