२०८१ बैशाख १२ , बुधवार

सुतिरहेका बेला हामी आवाज चिन्दैनौँ, ८ वर्षको अध्ययनपछि खुलासा

सुनाखरी न्युज/ काठमाडौं –

जब हामी सपना देख्छौँ तब हाम्रो दिमागमा केही रहस्यमय चिज हुन्छन् । हामी निदाइरहेका हुन्छौँ तर हामीलाई लाग्छ हामी जागा छौँ तर यो स्थिति जागा हुनुभन्दा निकै फरक हुन्छ । वैज्ञानिकले यी दुई स्थितिबीच के भिन्नता छ भन्नेबारे पत्ता लगाउने कोसिस गरिरहेका छन् । यसैबीच अब अर्को एउटा सुरागसमेत भेटिएको छ ।

 

कन्सियसनेस (चेतना) को एउटा विशेषता हुन्छ – आवाज पहिचान गर्ने क्षमता । एक नयाँ अध्ययनबाट पत्ता लागे अनुसार सुतिरहेका बेला हाम्रो यो क्षमताले काम गर्न बन्द गरिदिन्छ । यसले हामीलाई हाम्रो दिमागले सपना कस्तो देखेको छ भनेर पत्ता लगाउन मद्दत गर्छ ।

मिर्गी रोगीले अनुसन्धानमा गरे मद्दत

मानिसहरु उठ्दा र सुत्दा उनीहरुको दिमागको म्यापिङ गर्न सहज हुँदैन । त्यसैले अनुुसन्धानकर्ताले मिर्गी रोगीमाथि गरिएको अनुसन्धानको सहारा लिए । इजराइलको तेल अविव युनिभर्सिटीका न्युरोसाइन्टिस्ट युवल निरले आफूले यसका लागि विशेष सहयोग प्राप्त भएको बताएका छन् । उनले भनेका छन्, ‘हामीले एक विशेष चिकित्सा पद्धतिको मद्दत पायौँ जसमा मिर्गीका रोगीको दिमागमा इलेक्ट्रोड लगाइएका थिए र उपचारका लागि उनीहरुको दिमागको भिन्न हिस्सामा भइरहेका गतिविधिलाई निगरानी गरिएको थियो ।’

८ वर्षसम्म चल्यो अनुसन्धान

निरका अनुसार बिरामीले अनुसन्धानकर्तालाई सुत्दा र ब्युँझिँदा अडिटरी स्टिमुलेशनमा मस्तिष्कको प्रतिक्रिया जान्न मद्दत गरे । अब इलेक्ट्रोडको मद्दतले शोधकर्ताले निद्राको भिन्न–भिन्न अवस्था र जागा हुँदा सेरिब्रल कर्टेक्सको प्रतिक्रियामा अन्तर देख्न पाइरहेका थिए । अनुसन्धानका लागि शोधकर्ताले बिरामीलाई सुतिरहेका बेला स्पिकरमार्फत् भिन्न भिन्न आवाज सुनाए । यो अनुसन्धान करिब आठ वर्षसम्म चल्यो । यतिबेला करिब ७०० भन्दा बढी न्युरोन्सको डाटा संकलन गरियो ।

 

नेचर न्युरोसाइन्समा प्रकाशित भएको शोध अनुसार शोधकर्ताले के पाए भने सुतिरहेका बेला पनि बिरामीको दिमागले आवाजप्रति प्रतिक्रिया दिइरह्यो । ध्यान र अपेक्षासँग जोडिएको वेभ्स, अल्फा बिटा वेभ्सको स्तर बढेको पाइयो । यसको अर्थ यो थियो कि बिरामीको दिमागले आएको आवाजको विश्लेषण त गर्यो तर दिमागले त्यो विश्लेषणको नतिजा, चेतनालाई भने पठाएन । पहिला सुतिरहेका बेला आवाजसँग जोडिएको संकेत, दिमागमा निकै छिटो बिलाउँछ भन्ने मान्यता राखिन्थ्यो । जबकी यो शोधले के पत्ता लागेको छ भने यो वास्तवमा बढी बलियो बनिरहन्छ । एजेन्सी