२०८१ बैशाख १३ , बिहिवार

कोराना अपडेट : एकै दिन थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि, ६२ जना निको

सुनाखरी न्युज/ काठमाडौं-

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो ।

३ हजार ३ सय २८ जनाको परीक्षणमा ३ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये १ हजार ८ सय २८ जनाको पीसीआर परीक्षण गर्दा २ सय ६८ जना र १ हजार ५ सय जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको हो ।

 

त्यस्तै,योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ९ सय ८२ पुगेको छ भने पछिल्लो २४ घण्टामा ६२ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । जसमध्‍ये १ हजार ८ सय ६५ जना होम आइसोलेसनमा रहेका छन् भने १ सय १७ जना संस्थागत आइसोलेसन र १९ जना आईसीयूमा छन् ।

 

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २३ हजार १ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।