२०८१ बैशाख १३ , बिहिवार

हुन्डाई कारको टेस्ट ड्राइभ गरी फिफा विश्वकप २०२२ लाइभ हेर्ने मौका पाइने

सुनाखरी न्युज/ काठमाडौं । फुटबल विश्वकप २०२२ लाई मध्यनजर गर्दै हुन्डाईलेआफ्नो “गोल अफ द सेन्चुरी” अभियान अन्तर्गत नयाँ अफर ल्याएको छ।

 

यस अफर अन्तर्गतग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा कुनै पनि कार टेस्ट ड्राइभ गरी फिफा विश्वकप(२०२२ प्रत्यक्ष हेर्न जाने मौका पाउनेछन्। श्रावन ३ गते बाट सुरु हुने यस अफरमा नेपालभरका कुनै पनि व्यक्तिले आफ्नो ड्राइभिंग लाइसेन्स लिएर आधिकारिक हुन्डाई सोरुममा रेजिस्टर गरी सहभागी हुन सक्नेछन्। यो अफरको अन्त्यमालक्की ड्र मार्फत दुईजना भाग्यशाली विजेताहरूको छनोट गरिनेछ। प्रत्येक विजेताले उपहार स्वरूप आफूलाई मनपर्ने एकजना अर्को व्यक्तिसँग कतार गई विश्वकप लाइभ हेर्न पाउनेछन्। यसरी जम्माजम्मी चारजनाहुन्डाईको स्पन्सरसीपमा कतार जान पाउनेछन्।

हुन्डाईमोटर्सको हस्पिटालिटी प्रोग्राम मार्फत ल्याईएको यो अफरनेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले संयोजन गरेकोछ। अफर मार्फतकम्पनीले “गोल अफ द सेन्चुरी” अभियान अन्तर्गतपर्यावरणदिगोपनको लागि हुन्डाईले गरेको प्रयासमा सबैलाई जोड्ने लक्ष्य राखेको छ। साथै फुटबलको विश्वव्यापी आकर्षणका कारण फुटबल मार्फतपर्यावरणमैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गर्नेहेतुले पनि यो अफर ल्याईएको हो।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा। लि। ले नेपाल भरीका १७ डिलर र १९ सर्भिस सेन्टर मार्फत आफ्नो सेवा दिइरहेको छ। यदि तपाईं पनि ह्युन्ड़ाईका उत्कृष्ट उत्पादन र सेवा सम्बन्धी जानकारी लिँदै कतार वर्ल्ड कप लाइभ हेर्ने मौका पाउन चाहनु हुन्छ भने आजै आफू नजिकैको ह्युन्ड़ाई सो(रुम गई टेस्ट(ड्राइभ गर्न सक्नुहुनेछ।