२०८० चैत्र १६ , शुक्रवार

श्रम शिविरबाट वेपत्ता १९ भारतीय मजदुर अझै फेला परेनन्

सुनाखरी न्युज/ काठमाडौं-
भारतको अरुणाञ्चल प्रदेशको दुर्गम कुरुङ कुमे जिल्लामा सीमा सडक निर्माण स्थलबाट दुई साताअघि बेपत्ता १९ मजदुर अझै फेला नपरेको भारतले जनाएको छ ।

सडक निर्माणमा खटिएका मजदुर दुई सातादेखि वेपत्ता भएका हुन् । चीनसँगको वास्तविक नियन्त्रण रेखा (एलएसी) नजिकै पर्ने उक्त क्षेत्र राज्यको राजधानी इटानगरबाट ३ सय किलोमिटर टाढा पर्छ ।

कुमे नदीमा एक मजदुरको शव फेला परेको अपुष्ट विवरण सार्वजनिक भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । त्यसबारे सत्यता प्रमाणित गर्न टोलीहरू पठाइएको अधिकारीहरूले जनाएका छन् ।

ठेकेदारले दिएको उजुरीअनुसार आसामबाट गएका ती मजदुर जुलाई ५ मा दामिन सर्कलको सीमा सडक संगठन (बीआरओ) को सडक निर्माण स्थलमा रहेको श्रम शिविरबाट बेपत्ता छन् । एजेन्सी