२०८१ बैशाख १३ , बिहिवार

ट्राफिक नियन्त्रण तालिम सञ्चालन

सुनाखरी न्युज/ काठमाडौं-

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा १४४ औं समूहको ट्राफिक नियन्त्रण तालिम मंगलबारबाट सञ्चालन भएको छ ।

 

सोही कार्यालयका प्रहरी उपरीक्षक संजिव शर्मा दासले तालिम उद्घाउटन गर्दै तालिममा प्रदान गरिने ज्ञान र सिप आगामी दिनमा ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण हुने भएकोले प्रशिक्षार्थीहरूले सोही अनुरूप तालिम हासिल गर्नुपर्ने चर्चा गर्नुभयो ।

 

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ दिन कार्य अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार ४ जना, प्रहरी सहायक हवल्दार १२ जना र प्रहरी जवान ३९ जना गरी जम्मा ५५ जना प्रशिक्षार्थीहरु सहभागिता रहेको जानकारी दिनुभयो ।