२०८१ बैशाख १३ , बिहिवार

काठमाडौं महानगरपालिकाले खरिद गर्‍यो थप ३ नयाँ दमकल

सुनाखरी न्युज/ काठमाडौं-

काठमाडौं महानगरपालिकाले थप ३ वटा दमकल ल्याएको छ ।

 

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका अनुसार ३ नयाँ दमकल खरिद गरिएको जानकारी दिएका छन्। यी दमकल यसअघिका मेयर विद्यासुन्दर शाक्यकै पालामा खरिद प्रक्रियामा गएको थियो।

 

पहिले नै अघि बढेको योजनाअनुसार ३ नयाँ दमकल महानगर आइपुगेको मेयर शाहले बताए। आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिवद्ध रहेको पनि मेयर शाहले बताए।