२०८१ बैशाख ८ , शनिवार

सुन तोलामा दुई सयले घट्यो

सुनाखरी न्युज/ काठमाडौं-

नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ ।

 

हिजो सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएकोमा आज तोलामा दुई सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ८ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ रहेको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला ११६५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला ११६० रुपैयाँ मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।